पोखराको रमिता, बहिनी सविता अनि मेरो कविता
पोखरामा त साच्चिकैको रमिता पो रहेछ
यही रमितामा सबैले भन्ने कविता पो रहेछ
पाईलट बहिनीको नाम त सविता पो रहेछ
बहिनीको मीठो बोली र ‘मेरो दाइ’ भन्ने सम्बोधनले भुतुक्कै पार्दोरहेछ ।
छोटो छ जिन्दगी फोटो खिचेर राख्नुपर्छ
जिन्दगीको लाईफमा प्याराग्लाईडिङ्गको मज्जा चाख्नुपर्छ
ओ मानबहादुर जी केको चोकतिरचोकतिर, जाने अब पोखरातिर
मज्जाले हल्लने हलनचोकतिर अनि लाग्ने सराङ्गकोटतिर
गाईचहरू कविता सुनेर मरीमरी हाँस्या हो ?
कि पाईलट सविता देखेर मसक्क मसक्क मस्क्या हो ?
कि म उडेको देखेर आमै नि, मरे नि भन्दै झसक्क झसक्क झस्क्या हो ?
खुरुखुरु पोखरा आउँने, ओपन स्काई प्याराग्लाइडिङ्ग धाउने ।
अनि सविता बहिनीसँग हुरुहुरु उड्ने ।
फेवा तालको माथिमाथि उड्दै थिएँ म
डरले होला थुरथुरथुरथुर काम्दै थेँ म
पोखरा राम्रो तालैले माछापुच्छ्रे शीरैमा
ढ्याक्क ल्याण्ड गरियो फेवातालको तीरैमा