परदेशी केटा

झिसमिसे उज्यालो परिगो कोशीमा केटा गईगो
माछी है परे जालैमा, आशिषै परे अनिकालैमा
जिन्दगी यस्तै बित्दैथ्यो, यात्रा अघि बढदैथ्यो
त्यसरी सुखी के हुनु, यसरी चन्द्र काँ छुनु ।

परदेश जाने भएछ, सामलतुमल हालेछ
भालेले डाक हालेछ, परेवा पनि घुरेछ
बिहानै साईत जुरेछ, आँशुले आँखा पुरेछ
बिस्तारै पाईला चलायो, घरलाई नमन चढायो
छिमेकी सबै भुलेर परदेशी पाईला बढायोे ।

परदेशको कथा सुन्नुहोस्, घरदेशको याद गर्नुहोस्
अभागीको भाग्यलाई सान्तवनाले भर्नुहोस्
पीर व्यथा भुल्नलाई, भट्टीतिर धाएछ
धर्तीमुनि पसेछ, मिचुका धसेछ, धर्तीलाई खनेछ

धर्ती त्यसै चिसायो, भटटी यसै रिसायो
अनकन्टार अँध्यारोमा ढुङगाा त्यसै झरिहाल्यो
लागिहाल्यो शीरैमा, ढलिहाल्यो माटैमा
हंश त्यहीँ उडिगो ऊ मट्टी भईगो ।

यता घर एक्लो भो, जहान बसाई जाने भो
छिमेकीलाई बस्न दिँदा खरको छाना खरानी भो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top